भाइटीकामा ‘जारी २’ रिलिज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संविधान दिवस (असोज ३) मा प्रदर्शनमा आउन तयारी गरिएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। जेन-जी पुस्ताको आन्दोलनका कारण प्रचार–प्रसारका लागि समय अपुग भएपछि रिलिज स्थगित गरिएको निर्देशक उपेन्द्र सुब्बाले जानकारी दिए।

निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै कार्तिक ६ गते भाइटीकाको अवसरमा नयाँ रिलिज मिति घोषणा गरेको हो। कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको पहिलो पोस्टरमा दयाहाङ राई र मिरुना मगरलाई परम्परागत लिम्बु पहिरनमा देखाइएको छ भने दोस्रो पोस्टरमा बुद्धि तामाङ र विजय बरालसहित प्रस्तुत गरिएको छ।

यी पोस्टरहरूले सिनेमाले लिम्बु समुदायको संस्कृति र जीवनशैलीसँग सम्बन्धित कथा पस्कने संकेत दिएका छन्। ‘जारी २’ मा दयाहाङ, मिरुना, विजय, बुद्धि बाहेक ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यस सिनेमाका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। निर्देशक सुब्बाको डेब्यु सिनेमा ‘जारी’ ले २०८० सालमा बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गर्दै ब्लकबस्टर बनेको थियो। त्यसैले ‘जारी २’ लाई पनि नेपाली दर्शकमाझ अत्यन्तै प्रतिक्षित मानिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।