सर्वोच्चको आदेशपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा कार्यालय फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको आदेशपछि पुनः पदमा फर्किएका छन्।

मंगलबार अदालतको आदेशपत्र बुझेपछि ओझा प्राधिकरण कार्यालय पुगेका हुन्। निर्देशक पुजन ढुंगेल ‘अधिकारी’का अनुसार आजदेखि ओझाले नियमित रुपमा हाजिर गरेका छन्।

यसअघि भदौ २३ गते सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले ओझालाई तत्काल पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले सरकारको बर्खास्त निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न आदेश दिएको हो।

सरकारले चार महिना मात्रै पदमा रहेका ओझालाई कार्यसम्पादन कमजोर भएको कारण देखाउँदै बर्खास्त गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध ओझाले अघिल्लो आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

अदालतको आदेशपछि ओझा पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन् भने प्राधिकरणमा नेतृत्वको यथास्थिति कायम भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।