असोजमा झनै घट्यो बैंकको ब्याजदर,कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर घटेको देखिएको छ

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौमा ५.५७७ प्रतिशतविन्दु रहेकामा असोजमा घटेर ५.४६३५ प्रतिशतमा पुगेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ३.९६३ प्रतिशतबाट घटेर ३.८७४५ प्रतिशतमा झरेको छ।

असोज महिनाका लागि २० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्। यस्तै २ बैंकले ब्याजदर बढाएका छन्।

भदौको तुलनामा असोजमा प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु तथा कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।

यसैगरी, लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतविन्दु र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका छन्।

प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंकले भने असोजमा व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्।

यसरी असोज महिनामा ब्याजदर घटेपछि निक्षेपकर्ताले पाउने प्रतिफल भदौको तुलनामा केही कम हुने देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।