काठमाडौं। अन्तरिम मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन्।
शपथ लिनेहरूमा पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री र अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका छन्।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार औपचारिक रूपमा विस्तार भएको छ।
Comment