आज देशभर वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको छ। यसै कारण आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी क्षेत्रका केही स्थान र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख गरिएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।