काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। आइतबार साँझ मन्त्रिपरिषद् विस्तारसँगै नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज राष्ट्रपति कार्यालयमा शपथ लिन लागेका हुन्।
प्रधानमन्त्री कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छन्। पूर्वसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयमा नियुक्त गरिएको छ भने नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वसमेत दिइएको छ। घिसिङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन्।
यससँगै अन्तरिम मन्त्रिपरिषद्मा नयाँ जोश र अनुभवी टोली थपिएको भन्दै आगामी दिनमा सुशासन, पारदर्शिता र विकासका कार्यहरूमा गति आउने अपेक्षा गरिएको छ।
Comment