काठमाडौं। ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनकै क्रममा हातपात भएको छ। रिपोर्टर्स क्लबमा सञ्चारकर्मीहरूबीच भएको विवादपछि गुरुङमाथि धकेलाधकेल र हातपात भएको हो।
घटनास्थलमा प्रहरी पुगेको र गुरुङलाई प्रहरी तथा उनका केही समर्थकहरूले पत्रकार सम्मेलनको कक्षको एक कुनामा घेरेर राखेको बताइएको छ।
संचारकर्मीहरूले प्रश्न गरेका थिए कि एक पत्रकारले ७० वर्षका ‘बा’लाई हटाएर ७३ वर्षकी ‘आमा’लाई ल्याएर परिवर्तन कसरी भयो? भन्ने विषयमा सुदन गुरुङ आक्रोषित हुँदै जवाफ फर्काएका थिए।
यस घटनापछि पत्रकार सम्मेलनमा तनावको वातावरण सिर्जना भएको छ र प्रहरीको उपस्थितिले अवस्था केही शान्त भएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
Comment