नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपालमा नयाँ अन्तरिम सरकार गठनलाई छिमेकी भारतले स्वागत गरेको छ।

शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठन भएको घटनालाई स्वागत गर्दछौँ। यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ।”

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा नेपालसँग निरन्तर सहकार्य गर्दै जनताका हित, समृद्धि र विकासमा हातेमालो गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।