राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन्। सिग्देल केहीबेरअघि शीतलनिवास प्रवेश गरेका हुन्। अन्तरिम सरकार गठनसम्बन्धी विषयमा उनीहरूबीच महत्वपूर्ण छलफल हुने बताइएको छ।

यसअघि बिहीबार राष्ट्रपति पौडेलले जेन-जी आन्दोलनको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने वक्तव्य सार्वजनिक गरेका थिए। त्यही दिन उनले प्रधानसेनापतिसहित संविधान तथा कानुनका विज्ञहरूसँग पनि विस्तृत परामर्श गरेका थिए।

शीतलनिवासमा भइरहेको यो भेटलाई आगामी अन्तरिम सरकार गठन प्रक्रियासँग जोडेर हेर्ने गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।