काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ । https://nepalnews.com/2025/09/12/gold-price-has-increased-how-much-is-it-trading-at-today/
Comment