शेखर गोल्छा भन्छन्– ‘निराश छैनौँ, रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्यमी शेखर गोल्छाले पछिल्लो आन्दोलनका क्रममा भएको क्षतिबाट आफ्नो परिवार निराश वा विचलित नभएको बताएका छन्।

मंगलबार भएको युवा आन्दोलनका क्रममा गोल्छासहित देशका धेरै उद्योगीले ठूलो क्षति बेहोरेका थिए। तर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै देशलाई सकारात्मक दिशातर्फ अघि बढाउन सबैको साझा जिम्मेवारी रहेको बताएका हुन्।

गोल्छाले लेखेका छन्, “हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।” उनले लोकतन्त्र अझै सुदृढ होस् भन्ने शुभकामना व्यक्त गर्दै उद्यमशीलतामार्फत आर्थिक पुनर्निर्माणमा निरन्तर लागिरहने अठोट प्रकट गरेका छन्।

यस्तो छ उनको स्ट्याटस

देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्। केही व्यवसायीमाथि भएको बीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निराश वा विचलित भएको छैन। आजको सुनौलो बिहानसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु। अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् 🙏अर्हं

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।