काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा आज पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यु लाग्ने जनाएको छ ।
सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्तिमा आज (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने उल्लेख गरिएको छ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाएको छ ।
बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने छ ।
Comment