काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संवैधानिक दायराभित्र रही छिटो समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।
हालको विषम परिस्थितिमा लोकतन्त्रको संरक्षण, शान्ति–सुरक्षा र सुव्यवस्था कायम गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै उनले आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्न छलफल र सहमतिको बाटो अपनाउन जोड दिएका छन्।
राष्ट्रपतिले मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

Comment