काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले जेन-जीलाई संविधानभित्रै समस्या समाधान खोज्न आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा थापाले भनेका छन्, “भोलि देश चलाउने तपाईँ जेन-जीहरूले नै हो। अब बनाएको सरकारले समस्याको निकास देओस्, हामी पछाडि बसेर साथ दिन तयार छौं।”
थापाले संविधानभित्रै समाधान खोज्दा भविष्यमा दिनचर्या सहज हुने भन्दै जेन-जीलाई आग्रह गरेका छन्। साथै, नयाँ बन्ने सरकारले शक्तिशाली आयोग बनाएर गल्ती गर्ने व्यक्तिहरूको छानबिन गरी कडा कारबाही सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले जेन-जीको भावना अनुसार सरकार गठन गर्नु ठीक भएपनि २०६२/६३ को जनआन्दोलनबाट बनेको संविधान सबै पक्षलाई समेटेर तयार भएको संविधान भएकाले यसको निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको बताए। थापाको भनाइ अनुसार संविधानको मापदण्डमा टेकेर मात्र नयाँ सरकारको गठन गर्नुपर्ने धारणा राखिएको छ।
Comment