सुनको मूल्य घट्यो, चाँदी उच्च मूल्यमै स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको दुईलाख १४ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख १४ हजार सातसय रुपैयाँ थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय पाँच रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।