काठमाडौं । नेपाल बैंकर्स संघले बिहीबारदेखि देशभरका बाणिज्य बैंकहरू सीमित समयका लागि सञ्चालन गर्ने निर्णय गरेको छ। संघका अनुसार बैंकहरू बिहान १० बजे देखि दिउँसो २ बजेसम्म मात्र खुल्नेछन्।
यससँगै नेपाल राष्ट्र बैंकले एटीएम सेवा पुनः सञ्चालनमा ल्याउन निर्देशन जारी गरेको छ। बिहीबार सार्वजनिक सूचनामार्फत राष्ट्र बैंकले क वर्गका बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुलाई अत्यावश्यक सेवा निरन्तरता दिन शाखा सञ्चालनमा ल्याउन आग्रह गरेको हो।
राष्ट्र बैंकले संवेदनशील प्रणाली सुचारु गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा निरन्तरता दिनुपर्नेमा जोड दिएको छ। अन्य प्रणालीको हकमा भने जोखिम मूल्यांकनका आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
सूचनामा शाखा कार्यालयसँगै एटीएम र उपलब्ध वित्तीय सेवा पनि नियमित रुपमा सञ्चालन गर्नुपर्ने उल्लेख छ। राष्ट्र बैंकले सेवा सञ्चालनको समय भने स्पष्ट पारेको छैन। तर, बैंकर्स संघले बिहान १० बजे देखि दिउँसो २ बजेसम्म ग्राहकलाई सेवा दिने जानकारी दिएको छ।
Comment