आन्दोलनको नाममा लुटपाट: ३३ लाख ७० हजार रुपैयाँ, दर्जनौं हतियार बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राजधानी काठमाडौंमा हालै भएका आन्दोलनका नाममा संलग्न लुटपाटकारी समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको छ।

सुरक्षा निकायका अनुसार काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्र आसपासबाट लुटपाटमा संलग्न केही व्यक्तिहरुलाई नियन्त्रणमा लिँदा उक्त रकम फेला परेको हो।

त्यस्तै, काठमाडौंका विभिन्न स्थानबाट २३ थान हतियार, त्यससँग सम्बन्धित म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको नेपाली सेनाले जनाएको छ। पोखराबाट पनि ८ थान हतियार बरामद भएको छ। बरामद हतियारहरू आन्दोलनकारी समूहद्वारा प्रयोग गरिएको आशंका गरिएको छ।

सुरक्षाकर्मीमाथि भएको आक्रमणमा नेपाल प्रहरीका २३ जना घाइते भएका छन् भने तीन जना अन्य व्यक्ति हाल सैनिक अस्पतालमा उपचाररत छन्।

नेपाली सेनाका अनुसार राजधानीमा शान्ति सुरक्षा कायम गर्न थप सतर्कता अपनाइएको छ। हिंसात्मक गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाहीको तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

सरकारले आन्दोलनको नाममा अराजक गतिविधि सञ्चालन गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।