सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हालैको आगजनी घटनाका कारण सर्वोच्च अदालतको सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सर्वोच्च अदालत प्रशासनले आज हस्तलिखित सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो।

मुख्य रजिष्टारले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ, “भदौ २४ गते भएको आगजनीका कारण सर्वोच्च अदालत पूर्णरूपमा जलीसकेको छ। अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास लगायत संरचनाहरू जलेर नष्ट भएका छन्।”

अदालतले आजका लागि तोकिएका सबै मुद्दा स्थगित गरिएको र भोलिदेखि तोकिएका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्म नहुने स्पष्ट पारेको छ। साथै, यस घटनाबाट सर्वसाधारण सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।