काठमाडौं । नेपाली सेनाले देशभर जारी निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान एक सूचना जारी गर्दै शान्ति र सुरक्षा कायम राख्नका लागि निषेधाज्ञा र कर्फ्युको अवधि थप गरिएको जनाएको हो।
सूचनामा उल्लेखअनुसार, बुधबार बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा लागू हुनेछ भने त्यसपछि साँझ ५ बजेदेखि भोलि बिहानी ६ बजेसम्म कर्फ्यु आदेश लागु हुनेछ।
सुरक्षा चुनौतीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सेनाले आम नागरिकलाई निषेधाज्ञा तथा कर्फ्युको पालना गर्न आग्रह गरेको छ। सेनाले उल्लंघन गर्नेहरूमाथि कानुनी कारवाही गरिने चेतावनीसमेत दिएको छ।


Comment