काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरस्थित खुमलटार निवासमा मंगलबार बिहान जेन–जी समूहले आगजनी र तोडफोड गरेका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुमन घिमिरेले दाहालको निवासमा आगजनी भएको पुष्टि गर्दै भने, “अहिले प्रदर्शनकारीलाई त्यहाँबाट लखेट्ने काम भइरहेको छ।”
त्यस्तै, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित निवासमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
स्थिति असामान्य हुन नदिन स्थानीय प्रशासनले बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर, कर्फ्युबीच पनि जेन–जी समूहले प्रदर्शन जारी राखेका छन्।
सीडीओ घिमिरेका अनुसार, “जिल्लाका विभिन्न स्थानमा प्रदर्शन सुरू भएको छ, स्थिति नियन्त्रणमा राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।”
Comment