सर्वोच्चले बर्खास्त शरद ओझाका पक्षमा अल्पकालीन आदेश दियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझाको बर्खास्तीबारे सर्वोच्च अदालतले सोमबार अल्पकालीन आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले सरकारले ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो। साथै, अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ।

ओझा गत भदौ २ गते मन्त्रिपरिषद्ले खराब आचरण, कार्यक्षमता अभाव र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेका थिए। यसअघि असार ३० गते उनीमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो। सोही दिनबाट ओझा पदबाट निलम्बित भएका थिए।

गत फागुन १२ गते मन्त्रिपरिषद्ले कञ्चनपुर घर भएका ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।