काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जेन–जी आन्दोलनमा भएको बल प्रयोग र हत्या घटनाको पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारले लिनुपर्ने बताएका छन्।
पुनका अनुसार ओलीको अहंकार र अधिनायकवादी प्रवृत्तिका कारण घटना भएको हो। उनले तत्काल राजीनामा दिनुपर्ने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन्।
उनले शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको भन्दै स्वतन्त्र र न्यायिक छानबिनको आवश्यकता औंल्याए। साथै, आन्दोलनरत युवालाई सम्पत्ति नष्ट नगर्न अपिल गरेका छन्।
Comment