काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको उपादेयता सकिएको ठहर गर्दै तत्काल सरकार विघटनको माग गरेको छ।
सोमबार जेन–जी आन्दोलनमा सरकारले गरेको दमनका क्रममा कम्तीमा २० युवा मारिएपछि राप्रपाले आकस्मिक बैठक डुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको थियो। बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सम्पन्न भएको र प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
राप्रपाको जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको र तत्काल सरकार विघटन र सबै समस्याको समाधानका लागि नयाँ समझदारीको आवश्यकता छ।’
Comment