सुन्दर भविष्यको खोजीमा सडक उत्रिएको जेन-जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर फैलिएको जेन–जी आन्दोलनका क्रममा हालसम्म २० जनाको ज्यान गएको छ। काठमाडौंमा १८ र इटहरीमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिलेसम्म २५६ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा गोली लागेर मृत्यु हुनेमध्ये तीन जनाको परिचय खुलेको छ। ती हुन्– ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, र कीर्तिपुर निवासी ४२ वर्षीय बुद्धि तामाङ।

जेन–जीका प्रदर्शनकारीमध्ये मृत्यु हुनेहरू काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।