काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्बिर कार्यालयको आधिकारिक वेबसाइटबाट हटाइएको छ। केहीबेर अघिसम्म वेबसाइटमा देखिएको उनको तस्बिर अहिले हटाइएको भए पनि यसको कारणबारे कुनै आधिकारिक जानकारी दिइएको छैन।
काठमाडौंमा जेन–जी आन्दोलनपछि स्थिति हिंसात्मक बन्दै गएपछि गृहमन्त्री रमेश लेखकसँगै सीडीओ रिजाल पनि चर्को आलोचनामा परेका छन्। यद्यपि, उनको तस्बिर हटाइएकै कारणबारे कार्यालयले कुनै स्पष्टीकरण दिएको छैन।

Comment