काठमाडौं । जेन–जीको आन्दोलन उग्र बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन नयाँ बानेश्वर क्षेत्रमा सेना समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमुल क्षेत्रमा आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।
त्यस्तै, राष्ट्रपति निवास शीतल निवास वरिपरिको महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास रहेको लैनचौर, सिंहदरबार चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार आसपासमा समेत कर्फ्यु लागू गरिएको छ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको काठमाडौं उपत्यकामा स्थिति तनावपूर्ण बनेको छ।













Comment