काठमाडौं । राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा प्रहरीले गरेको बल प्रयोगमा परी कम्तीमा १३ जना प्रदर्शनकारीको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूमध्ये थपको मृत्यु भएपछि मृतक संख्या बढ्दै गएको हो।
ट्रमा सेन्टरका निर्देशक बद्री शर्माका अनुसार त्यहाँ उपचाररत ६ जना घाइतेको मृत्यु भएको छ। अहिले पनि अन्य २० जना घाइते उपचाररत छन्।
यस्तै, सिभिल अस्पतालमा गोली लागेर घाइते भएका दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्। काठमाडौं मेडिकल कलेज, सिनामंगलमा एक जनाको मृत्यु भएको र त्यहाँ हाल ३० भन्दा बढी घाइतेको उपचार भइरहेको अस्पताल प्रशासन प्रमुख नारायण दाहालले बताए।
त्रिवि शिक्षण अस्पतालले समेत एक घाइतेको मृत्यु भएको पुष्टि गरेको छ। त्यस्तै, बानेश्वरस्थित एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
यससँगै काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको हो।
प्रहरी हस्तक्षेपमा परी मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका अस्पताल स्रोतहरूले गरेका छन्।
Comment