कामना सेवा विकास बैंकको लाभाशं घोषणा, बोनस र नगद कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामना सेवा विकास बैंकको लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१–८२ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारण सभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

योसंगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।