काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् ।
भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका खालिङले आगामी असोज ८ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका खालिङ पहिलो कार्यकालमा पनि बैंकलाई सुदृढ बनाउन योगदान पुर्याइसकेका छन् ।
Comment