काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको १ लाख १२ हजार ५०० कित्ता सेयरको लक इन अवधि आजदेखि सकिँदैछ। कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड मितिले ६ महिनासम्म लक इनमा राख्ने प्रावधान रहेको छ। कम्पनीले २०८१ फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो भने बाँडफाँड फागुन २३ गते सम्पन्न भएको थियो।
लक इन अवधि सकिँदै गर्दा सामूहिक लगानी कोषका लगानीकर्ताले अब आफ्नो सेयर कारोबार गर्न वा बिक्रीका लागि बजारमा ल्याउन सक्नेछन्।
Comment