अमेरिका, जर्जिया।जर्जियास्थित हुन्डाईको इलेक्ट्रिक गाडी उत्पादन कारखानामा अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तर्गत इमिग्रेसन विभागले छापा मारेर ४७५ आप्रवासी कामदार पक्राउ गरेको छ। अनुसन्धानपछि कागजातविना काम गरिरहेका व्यक्तिहरू पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये अधिकांश दक्षिण कोरियाली नागरिक रहेको बताइएको छ। हुन्डाईको सवनाह कारखानामा हाल करिब १ हजार २ सयले काम गर्दै आएका थिए। कम्पनीका अनुसार पूर्ण क्षमता सञ्चालनमा आएपछि ८ हजार ५ सय रोजगार सृजना हुने थियो।
दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकलाई लक्षित गरी गरिएको छापाप्रति चिन्ता व्यक्त गरेको छ भने अवैध कामबारे दुःख व्यक्त गरेको छ। पक्राउ परेकाहरूलाई जर्जियाको फ्लोरिडास्थित हिरासत गृहमा राखिएको छ।
Comment