काठमाडौं । साङ्गीतिक रियालिटी सो ‘नेपाल आइडल सिजन ६’ की विजेता गंगा सोनामले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन्। आइडल विजेताको उपाधि पाउनेपछि सार्वजनिक गरिएको यो गीतको शीर्षक ‘गुनासो’ हो।
गीतका शब्द प्रदीप चापागाईँले लेखेका हुन् भने लेखु सहयात्रीले कम्पोज गरेका छन्। विषम आचार्यले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन्। प्रेम र विरहको भावमा तयार गरिएको गीतको भिडिओमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईले अभिनय गरेका छन्। भिडिओ निकेश खड्काले निर्देशन गरेका छन्।
भिडिओको छायांकन (DOP) उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन्। गंगा सोनामको स्वरमा आएको ‘गुनासो’ले दर्शक तथा संगीतप्रेमीमध्ये उत्सुकता र सराहना पाएको छ।
Comment