काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन) को शनिबार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सेजन अध्यक्षको लागि भट्टराई, विश्वास रेग्मी र आशा थपलियाले उम्मेदवारी दिएकी थिइन । भट्टराईले ११० मत ल्याएर बिजयी भएका छन भने रेग्मीले ९२ र थपलियाले ४१ मत प्राप्त गरेकी थिइन ।
यस्तै महासचिबमा १३९ मत ल्याएर कमल बस्नेत बिजयी भएका छन् । महासचिबका अर्का उम्मेदरबार अच्युत पुरीले १०४ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा केशु लामिछानेले १३३ मत ल्याएर बिजय भएका छन् भने अर्का उम्मेदबार ममता थापाले १०८ मत प्राप्त गरेकी थिइन ।
कार्यसमितिको पाँचजना सदस्यहरुमा राजु बास्कोटाले १५९, कमल धितालले १८५, अर्जुन तामाङले १४१, भोजराज भण्डारीले १४७ र सीमा तामाङले २०० मत ल्याएर बिजयी भएका छन् । सदस्यका उम्मेदबार भरत रावलले भने १३१ मत प्राप्त गरेका छन् ।
कार्यसमितिको उपाध्यक्षमा जीवनकुमार बस्नेत र सचिबमा शंकर पण्डित निर्विरोध बिजयी भएका छन् ।
निर्वाचनमा २४६ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
Comment