एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज (आइतबार) सकिँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनदेखि जारी महाधिवेशन शनिबार समूहगत छलफल र प्रतिवेदन लेखन सम्पन्न भएपछि आइतबार निष्कर्ष निकाल्दै समापन गर्ने तयारी गरिएको हो।

महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनेका १० समूहले छुट्टाछुट्टै छलफल गरेका थिए। छलफलपछि समूहगत प्रतिवेदन तयार गर्ने काम शनिबारदेखि सुरु भइसकेको छ। आइतबार प्रतिवेदन समूहका नेताहरूले हलमा प्रस्तुत गर्ने र त्यसमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। सहमति हुन नसकेका विषयमा भने मतदानमार्फत टुंगो लगाइने एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावसहितका प्रतिवेदन प्रस्तुत गरेका थिए। यी प्रतिवेदनमाथि प्रतिनिधिहरूले संघीयता, आर्थिक अवस्था, सरकार सञ्चालन, सदस्यता विस्तार, संगठनात्मक संरचना, आन्तरिक अनुशासनलगायत विषयमा व्यापक छलफल गरेका थिए।

दोस्रो विधान महाधिवेशनमा ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकको दस्तावेज विशेष बहसको केन्द्रमा रह्यो। अध्यक्ष ओलीले प्रस्तुत गरेको दस्तावेजमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अघि बढाउने, विविधतामा एकतालाई प्रवर्द्धन गर्ने र कम्युनिस्ट पार्टी नेपालको विशेषताबारे स्पष्ट व्याख्या गरिएको छ।

एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत संगठनलाई थप सुदृढ बनाउनासाथ आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।