काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा बर्खास्त भएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सात दिने सूचना जारी गरेको थियो। अर्थ मन्त्रालयका अनुसार सोही सूचनाअनुसार १४ जनाले आफ्नो आवेदन बुझाएका हुन्।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको नामावलीअनुसार आवेदन दिनेमा ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका बिक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित र रमेशकुमार भट्टराई छन्। यस्तै भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपाने, कास्कीका डा. दामोदर बसौंला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकाल, लम्जुङका प्रा. डा. दिपकबहादुर पण्डित र दाङका यज्ञप्रसाद न्यौपानेले पनि अध्यक्ष पदमा आवेदन दिएका छन्।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि सिफारिश समितिले यो नामावली सार्वजनिक गरेको हो।

Comment