बन्द गरिएका २६ मध्ये ८ सामाजिक सञ्जाल दर्ताका लागि सरकारसँग सम्पर्कमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले बन्द गरेको २६ सामाजिक सञ्जालमध्ये आठवटा कम्पनी दर्ता प्रक्रियाका लागि सरकारसँग सम्पर्कमा आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई बन्द गर्ने पत्र लेखेपछि ती कम्पनीहरूले सम्पर्क सुरु गरेका हुन् ।

मन्त्रालयका अनुसार हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गरी सेवा अवरुद्ध हुनबाट जोगिएको छ । सोही दिन मेटाले (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स) अनौपचारिक सम्पर्क गरी सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी लिएको छ । शुक्रबार भने एक्स (पहिलेको ट्विटर) र चिनियाँ प्लेटफर्म वीच्याटले पनि औपचारिक सम्पर्क गरेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।

यससँगै हालसम्म सम्पर्कमा आएका सामाजिक सञ्जालमा हाम्रो पात्रो, मेटा, एक्स र वीच्याटसहित आठवटा कम्पनी पुगेका छन् ।

तर अझै युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सरकारसँग सम्पर्कमा आएका छैनन् । तीमध्ये युट्युब र लिंक्डइन नेपालमा अत्यधिक प्रयोग हुने सञ्जाल हुन् भने स्न्यापच्याट, क्लबहाउस र इमो सामान्य प्रयोगमा छन् । बाँकी प्लेटफर्म भने कम प्रयोग हुनेमा पर्ने मन्त्रालयको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।