‘मैझारो’का दुई पोस्टर सार्वजनिक, कात्तिक ७ मा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मैझारो’का दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले प्रदर्शन मिति तय गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

एउटा पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दीया पुन देखिएका छन् । पोस्टरले त्रिकोणात्मक प्रेम कथामा चलचित्र रहेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा देखिएका छन् ।

विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको चलचित्रमा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ ।

चलचित्रमा धिरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनील थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।