नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३२ प्रतिशत नगद लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्तापुँजीको ६.३१५८ प्रतिशत, अर्थात् करिब १ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।