झापा इनर्जीको आईपीओ खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा इनर्जी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।

दोस्रो चरणअन्तर्गत सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याइएको छ भने ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणलाई ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याइएको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन भदौ २४ गतेसम्म दिन सकिनेछ भने आवश्यक परेको खण्डमा असोज ३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।