काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
अमेरिकी प्रशासनले फर्काइएका तीमध्ये २ महिला र १७ पुरुष रहेका छन् । विमान अवतरण भएको करिब दुई घण्टापछि अध्यागमन प्रक्रियासम्पन्न गरी उनीहरूलाई विमानस्थल बाहिर निकालिएको अध्यागमन कार्यलयका वरिष्ठ अध्यागमन अधिकृत तथा सूचना अधिकारी अन्जन न्यौपानेले जानकारी दिए ।
डिपोर्ट गरिएका उनीहरूलाई कानूनी प्रक्रिया पूरा गरी परिवारमा पठाइने तयारी भएको अधिकारीहरूले बताएका छन् ।
Comment