नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासंघको नेतृत्व किसानको हितमुखी हुनुपर्नेमा जोड दिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित महासंघको चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेतामुखीभन्दा किसानमुखी नेतृत्व चयन हुनुपर्ने धारणा राखे। उनले किसानले आफ्ना समस्या समाधान गर्ने संगठनको रुपमा महासंघलाई महसुस गर्न सक्ने वातावरण बन्नुपर्ने बताए।

‘नेपाल किसान महासंघले किसानको समस्या र मुद्दाको सही पैरवी गर्न सकोस्, अहिले हामी ४ अर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादन आयात गरेर खान्छौं, त्यसलाई रोक्न र उत्पादकत्व बढाउन महासंघले पहल गर्नुपर्छ,’ थापाले भने।

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका दुईतिहाइ किसान कृषि पेसामा आबद्ध रहे पनि राष्ट्रिय आम्दानीमा केवल एक चौथाइ मात्र योगदान पुगेको बताए। उनले कृषि आधुनिकीकरण र यान्त्रिकरणमार्फत कम जनशक्ति प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले किसानको जीवनस्तरमा आएको आर्थिक परिवर्तनले नै देशलाई आर्थिक समृद्धि तर्फ लैजाने धारणा राख्दै महासंघको नेतृत्व योग्य र दायित्ववान बन्नुपर्नेमा जोड दिए।

महाधिवेशन निर्देशक समितिका संयोजक रमेश रिजालले सकारात्मक सन्देश दिनेगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।