फेसबुकले नेपालमा दर्ता तथा सूचीकरण प्रक्रियाबारे जानकारी माग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दर्ता तथा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै फेसबुकले नेपालसँग आवश्यक प्रक्रियाबारे जानकारी लिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बिहीबार साँझ करिब पाँच बजे फेसबुकले दर्ता तथा सूचीकरण प्रक्रियासम्बन्धी विवरण बुझ्न औपचारिक रूपमा सम्पर्क गरेको हो। मन्त्रालयका सूचना अधिकारी (उपसचिव) रबिन्द्रप्रसाद पौड्यालले फेसबुकले नेपालमा दर्ता गर्नुपर्ने प्रक्रिया, आवश्यक कागजात र औपचारिकताबारे जानकारी मागेको बताए।

‘फेसबुकले समय थप मागेको वा तुरुन्तै दर्ता हुने भन्ने कुरा भने छैन,’ पौड्यालले भने, ‘तर सरकारले अघि सारेको दर्ता तथा सूचीकरण प्रक्रियाबारे चासो देखाएर बुझ्न चाहेको हो।’

यसअघि सरकारले बिहीबारदेखि दर्ता तथा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा बन्द गर्ने निर्देशन दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।