काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रालयमा बसेको बैठकले गरेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिएका छन्। यसअनुसार, सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइनेछ।
प्रवक्ता ठकुरका अनुसार, ‘आजैबाट निष्क्रिय गर्ने निर्णय भए पनि प्राधिकरणले त्यसको प्रक्रिया पूरा गर्न केही समय लाग्न सक्नेछ। जुन सामाजिक सञ्जाल सञ्चालनमा छन् र सूचीकरणका लागि निवेदन दिएका छैनन्, तिनीहरूलाई निष्क्रिय बनाउने निर्णय भएको छ।’
मन्त्रालयले स्पष्ट पारेको छ कि प्रक्रिया पूरा हुन समय लाग्न सक्ने भए पनि कार्यान्वयन तुरुन्तै सुरु हुनेछ।
Comment