नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यस निर्णयअनुसार नेपालमा दर्ता नभएका फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, म्यासेन्जर जस्ता सामाजिक सञ्जाल बन्द हुनेछन्।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई निर्देशन दिइने भएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरका अनुसार, “सञ्चालनमा रहेका र सूचीकृतका लागि निवेदन दिएका सामाजिक सञ्जाल बाहेक सबैलाई निष्क्रिय बनाउने निर्णय गरिएको छ। कार्यान्वयनका लागि केही समय लाग्न सक्छ।”

उनले जानकारी दिएका अनुसार हालसम्म पाँच वटा सामाजिक सञ्जाल सूचीकृत भइसकेका छन् भने दुईवटा (टेलिग्राम र ग्लोबल डायरी)ले निवेदन दिएका छन्।

भाइबर, टिकटक, विटक, निम्बज, पोपोलाइन जस्ता सामाजिक सञ्जाल भने नेपालमा सूचीकरण भइसकेकाले सञ्चालनमा रहनेछन्। तर फेसबुक, एक्स, वाट्सएप लगायतका सामाजिक सञ्जालहरू सूचीकरण प्रक्रियामा नआएको हुँदा आगामी दिनमा ती बन्द हुनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।