काठमाडौं। नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बिहीबार गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
खापुङले आजै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर कार्यभार सम्हाल्ने तयारी गरेका छन्। सरकारले भदौ १३ गते उनलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई आईजीपी बनाइएको हो।
यसअघि रहेका प्रहरी महानिरीक्षक दीपक थापा अनिवार्य अवकाशमा गइसकेका छन्। हालको व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि पूरा गर्ने खापुङ आगामी अढाई महिनापछि अवकाश हुनेछन्।
Comment