रिमालको चेतावनीः सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा बन्द हुने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालको जानकारी

काठमाडौं। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सर्वोच्च अदालतको आदेशअनुसार निष्क्रिय हुने क्रममा रहेको बताएका छन्।

रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन र आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचीकृत नगरेसम्म रोक लगाउने आदेश दिएको स्मरण गराएका छन्।

उनका अनुसार, सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू अब निष्क्रिय हुँदैछन्। “केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामका कारण सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो,” रिमालले भने।

रिमालले यी सञ्जालहरू हाम्रो जीवनसँग लतजस्तै जोडिएको भन्दै चाँडोभन्दा चाँडो सूचीकृत भई प्रयोगको सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।