सौगात मल्लको मुख्य भूमिकामा फिल्म ‘जुबा’ घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता सौगात मल्ल मुख्य भूमिकामा रहने नयाँ फिल्म ‘जुबा’ बन्ने भएको छ। अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्ममा प्रकाश कर्णको लेखन तथा निर्देशन रहनेछ भने स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। कर्ण र पौडेल नै फिल्मका क्रिएटिभ प्रोड्युसर पनि रहेका छन्।

फिल्ममार्फत सोफी धरेलले डेब्यु गर्न लागेकी छिन्। सौगात र सोफीसँगै सुधन पोखरेल पनि प्रमुख भूमिकामा रहनेछन्। निर्माण टिमले घोषणा समारोहमा तीन क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।

एक पोस्टरमा सौगात मल्ललाई नमस्ते गरिरहेको मुद्रामा देखाइएको छ भने अर्कोमा उनी पी.सि.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका छन्। सोफी रिसाइरहेकी देखिन्छिन् भने सौगात गम्भीर मुद्रामा प्रस्तुत छन्। यसले फिल्म दुई दशकअघिको कथामा आधारित भएको संकेत गर्छ।

तेस्रो पोस्टरमा सुधन पोखरेललाई खलपात्रको भूमिकामा प्रस्तुत गरिएको छ, जहाँ उनी चुरोट तान्दै खतरनाक मुद्रामा देखिएका छन्। रक क्यास्टर स्टुडियोको निर्माणमा बन्ने यस चलचित्रको कथा र अन्य प्राविधिक पक्षबारे भने निर्माण टिमले हाल खुलाएको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।