स्वर्णिमको दाबीः ०८४ मा रास्वपा सबैभन्दा ठुलो पार्टी बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले २०८४ सालको आमनिर्वाचनपछि रास्वपा देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

डा. राजेन्द्र केसीले लिखेको ‘बैकल्पिक सोच’ पुस्तकको बुधबार काठमाडौंमा आयोजित विमोचन समारोहमा बोल्दै उनले रास्वपाको लोकप्रियता बढ्दो क्रममा रहेकाले पुराना ठूला भनिने दलहरू त्यसबाट भयभीत भएको टिप्पणी गरे ।

उनले भने, “ठूला दलहरू रास्वपाबाट तर्सिएका छन्, त्यसैले अनेक प्रोपोगाण्डा फैलाइरहेका छन् । भारतीय प्रधानमन्त्रीसँग भएको भनिएको मेरो अडियो भाइरल हुनु पनि त्यसैको उदाहरण हो ।”

बुधबार सामाजिक सञ्जालमा डा. वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भनिएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा वाग्लेले रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि पहल गर्न आग्रह गर्दै भारतलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका अडियो सामग्री भाइरल बनेको छ ।

तर, डा. वाग्लेले उक्त अडियोलाई नियोजित प्रचारको परिणाम भन्दै खण्डन गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।