लगानी नबढ्दा बैंकहरुबाट निरन्तर तरलता प्रशोचन गर्दै राष्ट्र बैंक, बुधबार ५० खर्ब खिच्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि पनि आर्थिक गतिविधिमा विस्तार भई कर्जामा माग बढ्न नसक्दा राष्ट्र बैंकले निरन्तर तरलता खिच्नुपर्ने अवस्था देखिएको छ।

बैंकिङ प्रणलीमा निरन्तर अधिक तरलता भएको र कर्जामा माग बढ्न नसक्दा सातामा २ पटक निक्षेप संकलन उपकरण बोलकबोल मार्फत केन्द्रीय बैंक तरुलता प्रशोचन गर्दै आएको छ ।

बुधबार पनि २५ दिनको लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । गत आइतबार पनि केन्द्रीय बैंकले ५५ अर्ब रुपैयाँको निक्षेप संकलन उपरकण बोलकबोल गरेबको थियो ।

निक्षेप संकलन उपकरणका साथै सातामा ३ दिन केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ । ब्याजदर घटेर कर्जाको भारित औसत ब्याजदर नै ८ प्रतिशतभन्दा तल आइसक्दा पनि कर्जा लगानीमा अपेक्षित सुधार हुन सकेको छैन । जसले गर्दा केन्द्रीय बैंकले नियमित तरलता प्रशोचन गरिरहेको छ ।

चालु आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रीय बैंकले ३३ पटकमा ५४ खर्ब ३५ अर्ब ५ करोड रुपैयाँ तरलता प्रशोचन गरीसकेको छ । १७ भदौको तथ्यांक अनुसार केन्द्रीय बैंकले बैंकहरुबाट प्रशोचन गरेको तरलता मौज्दात ६ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ छ । बुधबार थप ५० अर्बको बोलकबोल गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।