काठमाडौँ। चीनमा दोस्रो विश्वयुद्धको अन्त्यमा जापानको आत्मसमर्पणको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विजय दिवस परेड सुरु हुनेबित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, “सबैभन्दा ठूलो प्रश्न यो हो कि चिनियाँ राष्ट्रपति सीले आफ्नो स्वतन्त्रता सुरक्षित गर्न संयुक्त राज्य अमेरिकाले चीनलाई कति समर्थन र रगत दियो भनेर उल्लेख गर्नेछन् कि गर्दैनन्। चीनको विजयका लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिएका छन्। मलाई आशा छ कि उनीहरूलाई उनीहरूको बहादुरी र बलिदानको लागि उचित सम्मान र सम्झना गरिनेछ।”
यसैबीच, ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनको पनि उल्लेख गर्दै उनीहरूको आलोचना गरेका छन्। उनले भने, “कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन पठाउनुहोस्। उनीहरू दुवै संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।”
चीनको विजय दिवस परेडमा पुटिन, किम जोङ उन लगायत विश्वभरका नेताहरू सहभागी भएका छन्। यो अवसरलाई चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा समेत लिएको छ।
Comment